देशभर भीषण बाढी-पहिरोको वितण्डा: हालसम्म ६ जनाको मृत्यु, ४०७ जनाको सकुशल उद्धार!

देशभर भीषण बाढी-पहिरोको वितण्डा: हालसम्म ६ जनाको मृत्यु, ४०७ जनाको सकुशल उद्धार!

काठमाडौं, १० असोज — गत असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भू-भागमा आएको बाढी, पहिरो तथा डुबानले जनजीवन अस्तव्यस्त बनेको छ। प्राकृतिक विपद्का कारण हालसम्म देशभर ६ जनाले ज्यान गुमाएका छन्।

प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी कुल ६ जनाको मृत्यु भएको हो।

विपद्मा परी २ जना घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएको छ। भीषण बाढी-पहिरोका बीच सुरक्षा निकायहरूले तदारुकताका साथ खटिएर हालसम्म ४०७ जना नागरिकको सकुशल उद्धार गरेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहकार्यमा जोखिमपूर्ण क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्य निरन्तर जारी छ।

जनहितमा जारी चेतावनी: मौसम पूर्वानुमान अनुसार अझै केही दिन वर्षाको जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।