आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’

आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’

आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’: अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय अवसर र उत्कृष्ट नतिजाले अभिभावकको पहिलो रोजाइ


काठमाडौं (बसुन्धरा)। गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी उच्च शिक्षाको माध्यमबाट हजारौं विद्यार्थीको भविष्य निर्माण गर्दै आएको मोर्गन इन्टरनेशनल कलेज आज नेपालमा सूचना प्रविधि (IT) तथा होटल व्यवस्थापन (BHM) शिक्षाको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ। आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली, अनुभवी नेतृत्व, अन्तर्राष्ट्रियस्तरको अध्ययन, उत्कृष्ट शैक्षिक नतिजा, अत्याधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण मोर्गन अभिभावक र विद्यार्थीको विश्वासिलो रोजाइ बन्दै गएको हो।

काठमाडौंको बसुन्धरामा अवस्थित यस कलेजमा BHM, BCA, BITM, BBM, BBS, BSW र MBS लगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। कलेजले व्यावहारिक सिकाइ, आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान, नेतृत्व विकास तथा उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम जनशक्ति बनाउने उद्देश्यका साथ शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी विगत करिब दुई दशकदेखि निरन्तर शैक्षिक नेतृत्व गर्दै आउनुभएका अनुभवी शिक्षाविद् हुनुहुन्छ। दाङमा जन्मिनुभएका उहाँ हाल काठमाडौंको बालुवाटारमा बसोबास गर्नुहुन्छ। निरन्तरता, अनुशासन, कडा परिश्रम र आत्मप्रेरणालाई सफलताको आधार मान्नुहुने उहाँ बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म विद्यालय र कलेजको व्यवस्थापनमा सक्रिय रहनुहुन्छ। उहाँले हरेक बिहान करिब ७ किलोमिटर दौड तथा नियमित व्यायाम गर्ने बानीलाई जीवनशैलीको हिस्सा बनाउनुभएको छ। साथै उहाँले बिहीबार र शनिबार नियमित व्रत बस्ने गर्नुभएको बताउँदै आध्यात्मिक आस्था, आत्मअनुशासन तथा स्वस्थ जीवनशैलीले आफूलाई निरन्तर सकारात्मक ऊर्जा प्रदान गर्ने गरेको अनुभव सुनाउनुभएको छ। उहाँको अनुशासित जीवनशैली र समर्पित नेतृत्व विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि प्रेरणाको स्रोत बनेको छ।

मोर्गन शैक्षिक समूहका संस्थापक अध्यक्ष तथा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझा को दूरदर्शी नेतृत्वमा स्थापना भएको यस संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा, नैतिक मूल्य, अनुसन्धान, नवप्रवर्तन तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेकोछ।

कलेजले आधुनिक शैक्षिक पूर्वाधारमा विशेष लगानी गरेको छ। प्रत्येक कक्षाकोठामा डिजिटल बोर्ड, स्मार्ट स्क्रिन, वातानुकूलित (AC) कक्षा, आधुनिक कम्प्युटर ल्याब, समृद्ध पुस्तकालय तथा प्रविधिमैत्री सिकाइ वातावरण उपलब्ध रहेको छ। साथै विद्यार्थीको शारीरिक तथा मानसिक विकासलाई प्राथमिकता दिँदै दुई वटा फुटसल कोर्ट, दुई वटा बास्केटबल कोर्ट, दुई वटा ब्याडमिन्टन कोर्ट, क्रिकेट अभ्यास सुविधा तथा दुई वटा टेबलटेनिस टेबल सहितको खेलकुद पूर्वाधार निर्माण गरिएको छ। कलेजका अनुसार शैक्षिक उपलब्धिसँगै खेलकुद र सह–पाठ्यक्रम गतिविधिलाई पनि समान महत्व दिइँदै आएको छ।

दक्षिण धापासी (च्यासिण्डोल) मा आफ्नै भवनमा सञ्चालित मोर्गन स्कुल मार्फत आधारभूत तहदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको छ। विद्यालयदेखि स्नातकोत्तर तहसम्म एउटै शैक्षिक समूहअन्तर्गत अध्ययन गर्न सकिने भएकाले धेरै अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालयदेखि स्नातकोत्तर तहसम्म मोर्गनमै अध्ययन गराउने गरेको कलेज प्रशासनले जनाएको छ। कलेजका अनुसार अभिभावकसँगको विश्वास, नियमित संवाद र पारिवारिक वातावरण नै संस्थाको प्रमुख विशेषता बनेको छ।

सूचना प्रविधि (IT) शिक्षामा मोर्गनले व्यावहारिक सिकाइलाई विशेष महत्व दिएको जनाएको छ। BCA तथा BITM का विद्यार्थीलाई परियोजनामा आधारित अध्ययन, अत्याधुनिक कम्प्युटर प्रयोगशाला, उद्योगसँगको सहकार्य तथा सीप विकासका अवसर उपलब्ध गराइँदै आएको छ। कलेजका अनुसार केही विद्यार्थी अध्ययनसँगै विभिन्न व्यावसायिक परियोजनामा आबद्ध भई आम्दानीसमेत गरिरहेका छन्।

कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीका अनुसार, सूचना प्रविधि शिक्षालाई अझ व्यावहारिक र रोजगारीमुखी बनाउन जापानको “Ming Mang” नामक IT कम्पनीसँग सहकार्य गरिएको छ। उक्त कम्पनीका विज्ञहरूले फोटो सम्पादन, भिडियो सम्पादन, एनिमेसन तथा डिजिटल कन्टेन्ट निर्माणसम्बन्धी कक्षा सञ्चालन गर्ने गरेका छन्। उहाँका अनुसार प्रशिक्षणपछि जापानको टोकियो लगायतका परियोजनामा विद्यार्थीलाई सहभागी गराइने व्यवस्था रहेको तथा केही विद्यार्थीले अध्ययनसँगै मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने अवसरसमेत प्राप्त गरिरहेका छन्।

होटल व्यवस्थापन (BHM) शिक्षामा पनि मोर्गनले अन्तर्राष्ट्रिय अवसर विस्तार गर्दै आएको जनाएको छ। कलेजका अनुसार विद्यार्थीलाई विश्वका ५० भन्दा बढी देशमा होटल तथा आतिथ्य उद्योगमा इन्टर्नसिपका अवसर उपलब्ध गराइँदै आएको छ, जसबाट उनीहरूले अन्तर्राष्ट्रिय कार्यअनुभव, व्यावसायिक दक्षता तथा रोजगारीका अवसर प्राप्त गरिरहेका छन्।

डा. भण्डारीले बताउनुभएअनुसार, मोर्गनबाट अध्ययन गरेका धेरै विद्यार्थी आज विश्वका प्रतिष्ठित होटल तथा आतिथ्य संस्थामा सफलतापूर्वक कार्यरत छन्। उहाँका अनुसार मोर्गनका विद्यार्थी बालकृष्ण श्रेष्ठ र बिनिता राई ले अमेरिकामा इन्टर्नसिपका क्रममा उत्कृष्ट प्रदर्शन गर्दै एक वर्षको अवधिमा करिब ८० देखि ९० लाख रुपैयाँ आम्दानी गरी आफ्ना अभिभावकलाई आर्थिक सहयोग पठाएका थिए। “इन्टर्नसिपकै क्रममा छोराछोरीले यति ठूलो उपलब्धि हासिल गरी परिवारलाई आर्थिक रूपमा सहयोग गरेको देख्दा अभिभावकसमेत आश्चर्यचकित हुनुभएको थियो,” उहाँले बताउनुभयो।

डा. भण्डारीका अनुसार मोर्गनले शैक्षिक उत्कृष्टतालाई निरन्तर कायम राख्दै आएको छ। उहाँले SEE, +2, IT तथा BHM कार्यक्रमहरूमा शतप्रतिशत नतिजा हासिल गर्दै आएको, BHM कार्यक्रम पाँच पटक लगातार विश्वविद्यालय टपर भएको तथा सम्बन्धित मेरिट सूचीमा अग्रस्थान कायम राखेको बताउनुभयो। त्यसैगरी IT कार्यक्रममा पछिल्ला चार वर्षदेखि लगातार शतप्रतिशत नतिजा हासिल भएको उहाँको भनाइ छ। यी उपलब्धिहरूले अभिभावकको विश्वास अझ बलियो बनाएको तथा विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीले +2, स्नातक र स्नातकोत्तर तहसम्म पनि मोर्गनमै अध्ययनलाई निरन्तरता दिने गरेको उहाँले उल्लेख गर्नुभयो।

मोर्गन इन्टरनेशनल कलेजले विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्र प्रदान गर्ने मात्र नभई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुने दक्ष, सिर्जनशील, नैतिक तथा जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षा प्रदान गर्दै आएको जनाएको छ। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय अवसर, अत्याधुनिक पूर्वाधार, खेलकुदमैत्री वातावरण तथा रोजगारमुखी शिक्षाका कारण मोर्गन इन्टरनेशनल कलेज आज काठमाडौं उपत्यकामा IT तथा होटल व्यवस्थापन अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकका लागि विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।