गुणस्तरीय, सर्वसुलभ र विद्यार्थीमैत्री शिक्षामा अघि बढ्दै बुढानीलकण्ठ पाठशाला
काठमाडौं। गुणस्तरीय, व्यवहारिक र विद्यार्थीकेन्द्रित शिक्षाको लक्ष्यसहित बुढानीलकण्ठ पाठशालाले मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ। विद्यालयमा राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायको पढाइ भइरहेको छ भने आगामी शैक्षिक सत्रदेखि कानुन (Law) संकाय सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको सहज अध्ययनका लागि विद्यालय परिसरमै सुरक्षित छात्रावास (होस्टेल) को व्यवस्था, व्यवस्थित विद्यालय बस सेवा तथा सुरक्षित र अनुशासित शैक्षिक वातावरण उपलब्ध गराइएको छ।
शिक्षा सबैका लागि भन्ने उद्देश्यलाई आत्मसात गर्दै विद्यालयले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। कक्षा ११ र १२ मा नयाँ भर्नाका लागि सिमित छात्रवृत्ति कोटा खुला रहेको छ भने मन्टेश्वरीदेखि कक्षा १२ सम्म सिट बाँकी रहेका कक्षाहरूमा भर्ना जारी रहेको विद्यालयले जनाएको छ।
गुणस्तरीय शिक्षा सहज शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ विद्यालयमा मासिक रु. ३,००० देखि रु. ५,४०० सम्म शुल्कमा अध्ययनको व्यवस्था गरिएको छ।
पाठ्यक्रमसँगै विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकता दिँदै विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ६ वटा अतिरिक्त पाठ्यक्रम निःशुल्क सञ्चालन गरिरहेको छ। जसमा:
एबाकस
एआई, रोबोटिक्स, STEM तथा IoT
तेक्वान्दो
ह्यान्डराइटिङ
भाषा विकास कार्यक्रम
समावेश छन्।
यसका साथै प्रत्येक हप्ता दुई दिन खेलकुद, संगीत, नृत्य तथा कोडिङ कक्षा सञ्चालन गरी विद्यार्थीहरूको सिर्जनशीलता, नेतृत्व क्षमता र शारीरिक विकासमा विशेष ध्यान दिइएको छ।
विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महत शिक्षाक्षेत्रमा २६ वर्षभन्दा लामो अनुभव भएका शिक्षाविद् हुनुहुन्छ। बुटवल निवासी महत २०५८ सालमा माध्यमिक तह विज्ञान शिक्षकका रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। पाँच वर्ष अध्यापनपछि उच्च अध्ययनका लागि काठमाडौं आउनुभई स्नातकोत्तर पूरा गर्नुभयो। त्यसपछि २००८ देखि अमृत साइन्स क्याम्पस (ASCOL) मा प्राध्यापकका रूपमा कार्यरत रहँदै शैक्षिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ।
प्रधानाध्यापक महतका अनुसार विद्यालयको मूल मन्त्र “बच्चालाई चिनौं, शिक्षा दिऔँ” हो। विद्यार्थीको मनोविज्ञान बुझेर मात्र प्रभावकारी शिक्षण गर्न सकिने विश्वासका साथ विद्यालयले बालमैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिएको छ। उहाँका अनुसार विद्यार्थीलाई बुझ्ने शिक्षकले मात्र वास्तविक र गुणस्तरीय शिक्षा दिन सक्छन्।
विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजासहित शतप्रतिशत उत्तीर्ण गराउन सफल हुँदै आएको छ। आगामी दिनमा यसभन्दा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ सम्पूर्ण विद्यालय परिवार प्रतिबद्ध रहेको प्रधानाध्यापक महतले बताउनुभयो।
शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमा पनि विद्यालयका विद्यार्थीहरूले जिल्लास्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्।
विद्यार्थीप्रतिको आत्मीय हेरचाह, अनुशासित वातावरण, व्यवस्थित परीक्षा प्रणाली तथा अभिभावकसँगको विश्वासिलो सम्बन्धका कारण विद्यालयप्रति आकर्षण बढ्दो क्रममा रहेको छ। यही विश्वासका आधारमा यस शैक्षिक सत्रमा १०० भन्दा बढी नयाँ विद्यार्थी भर्ना भइसकेका छन्।
विद्यालयले भविष्यमा सूचना प्रविधि (IT) सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यमा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरिरहेको जनाएको छ।
यस पाठशालामा कुनै पनि निष्क्रिय वा केवल व्यावसायिक सोच भएका साझेदार छैनन्। यहाँ शिक्षकमैत्री, विद्यार्थीकेन्द्रित, सक्रिय, जिम्मेवार र संस्थाको उद्देश्यप्रति पूर्ण प्रतिबद्ध साझेदारहरू मात्र रहेका छन्।
गुणस्तरीय, सर्वसुलभ, प्रविधिमैत्री र संस्कारयुक्त शिक्षा प्रदान गर्दै हरेक विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यका साथ बुढानीलकण्ठ पाठशाला निरन्तर अघि बढिरहेको छ।



प्रतिकृया दिनुहोस्