मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० मा रोज्जा खरेल, नेपाली समुदायबाट मतदानको अपिल

मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० मा रोज्जा खरेल, नेपाली समुदायबाट मतदानको अपिल

काठमाडौं। मिस नेपाल नर्थ अमेरिका २०२६ मा न्यूयोर्कबाट प्रतिनिधित्व गरिरहेकी प्रतियोगी रोज्जा खरेल उत्कृष्ट २० (Top 20 Grand Finalists) मा स्थान बनाउन सफल भएकी छन्।

नेपाली प्रतिभा, आत्मविश्वास र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रोज्जा खरेलले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत ग्रान्ड फिनालेसम्मको यात्रा तय गरेकी हुन्। ग्रान्ड फिनाले आगामी जुलाई २५, २०२६ मा वाशिङ्टन डी.सी. मा आयोजना हुने कार्यक्रम रहेको छ।

हाल प्रतियोगितामा सार्वजनिक मतदान पनि खुला रहेको छ। आयोजकले उपलब्ध गराएको आधिकारिक माध्यमबाट मतदान गर्न सकिने व्यवस्था गरिएको छ। प्रतियोगी रोज्जा खरेललाई समर्थन गर्न इच्छुक नेपाली समुदायलाई आधिकारिक भोटिङ प्रणालीमार्फत मत प्रदान गर्न अनुरोध गरिएको छ।

विदेशमा बसेर पनि नेपाली पहिचान, कला, संस्कृति र प्रतिभालाई विश्वसामु चिनाउने प्रयास गरिरहेकी रोज्जा खरेलको सफलताका लागि देश तथा विदेशमा रहेका नेपालीहरूले शुभकामना व्यक्त गरिरहेका छन्। उहाँको यो यात्रा नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।