रास्वपा महाधिवेशन विशेष : केन्द्रीय सदस्यमा दामोदर गौतमको उम्मेदवारी, संगठन निर्माणको अनुभवलाई राष्ट्रिय नेतृत्वमा लैजाने प्रतिबद्धता
चितवन, असार ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको माहोल तातिँदै जाँदा पार्टीका नेता दामोदर गौतमले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन विस्तार, सुशासन र जवाफदेहिताको एजेण्डालाई केन्द्रमा राख्दै उनले पार्टी नेतृत्वमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
व्यावसायिक रूपमा बीमा र मार्केटिङ क्षेत्रमा लामो अनुभव बटुलेका गौतमले व्यवस्थापन तथा नेतृत्व क्षमतालाई पार्टीको संगठनात्मक विकासमा उपयोग गर्ने लक्ष्य लिएका छन्। विभिन्न पेशागत संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले संगठन सञ्चालन र नीति कार्यान्वयनमा आफूले अनुभव हासिल गरेको बताएका छन्।
विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका गौतम पछिल्ला वर्षहरूमा रास्वपाको संगठन विस्तार अभियानमा सक्रिय रहँदै आएका छन्। विशेषगरी काभ्रेपलाञ्चोक जिल्लामा पार्टीको आधार निर्माण र विस्तारका क्रममा उनले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरिन्छ।
उनका अनुसार स्थानीय तहदेखि वडा स्तरसम्म संगठन सुदृढ बनाउने अभियानमा आफू निरन्तर सक्रिय रहँदै आएको र पार्टीलाई जनतासँग थप नजिक बनाउने प्रयास जारी रहनेछ। उनले सुशासन, पारदर्शिता र उत्तरदायी राजनीतिक संस्कृतिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका छन्।
गौतमले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पनि पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने अभियानको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्। पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने, कार्यकर्ताको भूमिका बढाउने तथा नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला विभिन्न तहका नेता तथा कार्यकर्ताले उम्मेदवारी घोषणा गरिरहेका छन्। यसक्रममा दामोदर गौतमको उम्मेदवारीलाई संगठन निर्माणको अनुभव र सुशासनमुखी सोचसँग जोडेर हेरिएको छ।



प्रतिकृया दिनुहोस्