टुनी खोला र पोखरीमा डुबेर चार बालिकाको दुःखद मृत्यु
- thantikhabar
- June 23, 2026
62
SHARES
काठमाडौं, देशका दुई जिल्लामा भएको छुट्टाछुट्टै डुबान घटनामा चार बालिकाको ज्यान गएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठान टोलस्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दीपक थापाकी १४ वर्षीया छोरी सम्झना थापा र मानबहादुर रावतकी १२ वर्षीया छोरी कल्पना रावत रहेका छन्। शनिबार साँझ डुबेर अशक्त भएका दुवै बालिकालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र संजय मण्डलकी ५ वर्षीया छोरी अन्जली कुमारी मण्डल रहेका छन्। डुबेर अशक्त बनेका उनीहरूलाई प्रादेशिक अस्पताल कलैया पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
लगातार भइरहेका यस्ता घटनाले बालबालिकाको सुरक्षामा अभिभावक तथा स्थानीय समुदाय अझ सचेत हुनुपर्ने आवश्यकता औंल्याएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्