मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृहमा पुनः नियुक्त, महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालय
काठमाडौं, प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई जिम्मेवारी दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित विशेष समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रका उच्च पदस्थ व्यक्तित्वहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सांसदहरू तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
यसअघि पनि गृह मन्त्रालयको नेतृत्व गरिसकेका सुधन गुरुङ सम्पत्ति विवरणसम्बन्धी विवादपछि पदबाट बाहिरिएका थिए। सरकारी छानबिन प्रक्रियाबाट उनीमाथिका आरोप पुष्टि नभएपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका हुन्।
त्यसैगरी, नवप्रवर्तन र प्रविधि क्षेत्रमा सक्रिय पहिचान बनाएका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व दिइएको छ। उनी यसअघि पनि सरकारमा रहेर शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित जिम्मेवारी सम्हालिसकेका छन्।
नयाँ नियुक्तिसँगै सरकारले सुशासन, प्रविधिमैत्री विकास र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा समेत यी नियुक्तिलाई चासोका साथ हेरिएको छ।



प्रतिकृया दिनुहोस्