शिक्षा, उत्कृष्टता र भविष्य निर्माणको प्रेरणादायी केन्द्र बन्दै मनास्लु वर्ल्ड स्कुल
काठमाडौं । गुणस्तरीय शिक्षा केवल राम्रो नतिजामा सीमित हुँदैन, यसले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम, जिम्मेवार र आत्मविश्वासी नागरिक बनाउने आधार तयार गर्छ। यही उद्देश्यलाई आत्मसात गर्दै दुई दशकदेखि निरन्तर शतप्रतिशत नतिजा दिँदै आएको Manaslu World School आज नेपालको शैक्षिक क्षेत्रमा विश्वास र उत्कृष्टताको प्रतीक बनेको छ।
“जहाँ शिक्षा र उत्कृष्टताको मिलन हुन्छ” भन्ने मूल नारासहित अघि बढिरहेको यस आईएसओ सर्टिफाइड शैक्षिक संस्थाले परम्परागत शिक्षाभन्दा माथि उठेर जीवनोपयोगी सीप, नेतृत्व क्षमता र विश्वव्यापी प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादनमा विशेष ध्यान दिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको मनास्लुले हालसम्म ३ हजारभन्दा बढी विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याइसकेको छ। यहाँ केवल किताबी ज्ञान मात्र होइन, विद्यार्थीलाई “फ्युचर-रेडी” बनाउने आधुनिक शिक्षण पद्धति, प्रविधिमैत्री वातावरण र व्यक्तिगत मेन्टरसिपलाई प्राथमिकता दिइन्छ।
अनुभवी शिक्षकहरूको टोली, स्मार्ट कक्षाकोठा, आधुनिक प्रयोगशाला तथा सुरक्षित शैक्षिक वातावरणले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाएको छ। कलेजले उत्कृष्टता, इमानदारी, निरन्तर वृद्धि, जिम्मेवारी र नवीनतालाई आफ्नो मूल सिद्धान्तका रूपमा स्थापित गर्दै आएको छ।
शिक्षा कूटनीतिक सोच, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको हुनुपर्छ भन्ने मान्यतासहित मनास्लुले विद्यार्थीलाई नेतृत्व विकास, सामाजिक सेवामूलक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउँदै आएको छ।
जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्था, व्यक्तिगत मार्गदर्शन तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक क्षमता विकासमा केन्द्रित कार्यक्रमहरूले अभिभावक र विद्यार्थीमाझ मनास्लुलाई एक विश्वसनीय शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ।
छिटो परिवर्तन भइरहेको विश्व परिवेशमा शिक्षा केवल डिग्री प्राप्त गर्ने माध्यम होइन, राष्ट्र निर्माणको आधार पनि हो। यही सोचलाई व्यवहारमा उतार्दै मनास्लु वर्ल्ड स्कुलले नेपालमा गुणस्तरीय, प्रेरणादायी र भविष्य उन्मुख शिक्षाको नयाँ उदाहरण प्रस्तुत गरिरहेको छ।



प्रतिकृया दिनुहोस्