रमेश खरेलको आह्वान: बाढी–पहिरो जोखिम क्षेत्रमा तत्काल पूर्वतयारी र स्थानान्तरण आवश्यक
काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (DIG) तथा समाजसेवी रमेश खरेलले विपद् व्यवस्थापन, सडक सुरक्षासहित जनजीवनलाई सुरक्षित बनाउन राज्य, सुरक्षा निकाय र आम नागरिक तीनै तहको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
रमेश खरेल ले हालैको अनुभव सुनाउँदै वैदेशिक रोजगारका क्रममा सुडानमा तीन वर्ष काम गर्दा सिकेका विपद् व्यवस्थापन अभ्यासहरू नेपालमा पनि प्रभावकारी रूपमा लागू गर्न सकिने बताएका छन्।
उनका अनुसार नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अवैध बसोबासलाई समयमै व्यवस्थित स्थानान्तरण गर्नु, पहिरो जाने उच्च जोखिम भएका पहाडी बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्नु अत्यावश्यक छ।
सडक सुरक्षामा कडा व्यवस्थापनको आवश्यकता
उनले पहिरो र सडक दुर्घटनाबाट बस नै पुरिने जस्ता दुखद घटनाहरू बारम्बार दोहोरिनु चिन्ताजनक भएको उल्लेख गर्दै विशेषगरी वर्षायाममा पहिरो सम्भावित राजमार्गहरूमा स्पष्ट ट्राफिक व्यवस्थापन हुनुपर्नेमा जोड दिए।
- कुन बेला सवारी रोक्ने
- कुन बेला सञ्चालन गर्ने
- रात्री बस सेवा जोखिमयुक्त क्षेत्रमा सीमित गर्ने
यस्ता स्पष्ट प्रोटोकल लागू गर्नुपर्ने उनको सुझाव छ।
समुदाय र संस्थागत सहकार्य अनिवार्य
खरेलका अनुसार सडक आसपास बसोबास गर्ने नागरिकलाई प्राथमिक उपचार (First Aid) तालिम दिनु, सुरक्षा निकायलाई विपद् व्यवस्थापन तालिम दिनु र समुदायसँग सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो।
यसमा सक्रिय भूमिकाका लागि Nepal Red Cross Society लाई पनि अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनले बताएका छन्।
सरकारको तीन तहमा सक्रियता आवश्यक
उनले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारहरू जनताको सुरक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना अघि बढाउनुपर्ने बताएका छन्।
उनको भनाइमा, “राज्य सधैं जनताको अभिभावक भएर बस्नुपर्छ। समयमै काम सुरु गरेमा जनधनको ठूलो क्षति रोक्न सकिन्छ।”
विपद् जोखिम न्यूनीकरण, सडक सुरक्षा र समुदाय सशक्तिकरणलाई एकीकृत रूपमा अघि बढाउन सके मात्र नेपालमा दुर्घटना न्यूनीकरण सम्भव हुने विज्ञहरूको पनि साझा मत छ।
https://youtu.be/LsEYxNRofGQ?feature=shared
सन्देश स्पष्ट छ — सुरक्षा केवल सरकारको मात्र होइन, सुरक्षा निकाय र आम नागरिक सबैको साझा जिम्मेवारी हो।



प्रतिकृया दिनुहोस्