बालेन शाहको नेतृत्वमा सरकार बन्दा रवि लामिछानेले भने: “गर्व महसुस भएको छ, अब नागरिकसँग गरेका वाचा पूरा गर्ने पालो हाम्रो!”
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ सरकार गठनसँगै नेपाली नागरिकसँग गरिएका हरेक वाचा पूरा गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। बिहीबार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै सभापति लामिछानेले यो ऐतिहासिक क्षणले आफूलाई अत्यन्तै गर्वान्वित तुल्याएको बताए।
चुनावका बेला जनताको घरदैलोमा पुगेर गरिएका प्रतिवद्धताहरू अब ‘एक्सन’ मा परिणत हुने उनले उद्घोष गरेका छन्।
१. “गर्वको अनुभूति र भारी जिम्मेवारी”
बालेन शाहको नेतृत्वमा सरकार गठन हुनुलाई परिवर्तनको ठुलो खुड्किलो मान्दै लामिछानेले भने, “रास्वपाको नेतृत्वमा सरकार गठन हुँदा मलाई आज निकै गर्वको महसुस भएको छ। हामीले जुन परिवर्तनको आशा देखाएर नागरिकको मत पाएका थियौँ, अब त्यो वाचा कार्यान्वयनतर्फ अघि बढेको छ।”
२. वाचापत्र नै अबको ‘मार्गचित्र’
रास्वपाले निर्वाचनका बेला सार्वजनिक गरेको ‘वाचापत्र’ नै सरकारको मुख्य कार्यदिशा हुने लामिछानेको संकेत छ। उनले नागरिकसँग गरेका बाचाहरू स्मरण गर्दै ती सबै पूरा गर्ने दायित्व अब आफ्नै काँधमा आएको बताए। “जनतासँग गरेका बाचाहरू पूरा गर्ने दायित्व र जिम्मेवारी अब हाम्रो काँधमा छ। मलाई पूर्ण विश्वास छ, हामी ती जिम्मेवारीहरू इमानदारीपूर्वक पूरा गर्नेछौँ,” उनले थपे।
३. परिवर्तनको नयाँ युग सुरु
लामो समयदेखि पुराना दलहरूको कार्यशैलीबाट आजित भएका जनताका लागि बालेन–रवि समीकरणको यो सरकारले नयाँ आशा जगाएको छ। सभापति लामिछानेले अबको सरकार कुरामा भन्दा पनि काम र ‘डेलिभरी’ मा केन्द्रित हुने स्पष्ट पारेका छन्।



प्रतिकृया दिनुहोस्