दाङको राजनीतिमा ठूलो हलचल! स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित वाईसियलका केन्द्रीय सदस्य लिला विक एमालेमा प्रवेश
दाङ । दाङ क्षेत्र नम्बर ३ को राजनीतिक माहोल एकाएक तातिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका भरत दर्नालले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
देशको समृद्धि र स्थायित्वका लागि एमालेको जित अनिवार्य रहेको निष्कर्षसहित आफूले उम्मेदवारी त्यागेर एमाले रोजेको दर्नालले बताए। उनका अनुसार व्यक्तिगत महत्वाकांक्षाभन्दा राष्ट्रको भविष्य ठूलो भएकाले एमालेसँग हातेमालो गरेको हो।
उनिसँगै नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसियलका केन्द्रीय सदस्य लिला विक पनि एमालेमा प्रवेश गरेका छन्। विकले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै “छेपारे प्रवृत्तिबाट कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने” स्पष्ट टिप्पणी गरे।
दुवै नेतालाई एमाले महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा आयोजित विशेष कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
यो घटनाले दाङ मात्र होइन, समग्र प्रदेशको राजनीतिक समीकरणमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ। चुनाव नजिकिँदै गर्दा अन्य नेताहरूको पनि पार्टी परिवर्तनको श्रृंखला सुरु हुने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
दाङको राजनीतिमा एमालेको पकड झन् मजबुत बन्दै गएको स्पष्ट संकेत!



प्रतिकृया दिनुहोस्