सुशासन रोक्नेहरूकै कारण देश पछाडि धकेलियो : नारायणकाजी श्रेष्ठ

सुशासन रोक्नेहरूकै कारण देश पछाडि धकेलियो : नारायणकाजी श्रेष्ठ

सर्लाही — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री/पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश पछाडि पर्नुको मुख्य कारण सुशासनको अभियानलाई नै रोक्ने प्रवृत्ति भएको बताएका छन्।

सर्लाहीको बर्थवा नगरपालिका–स्थित कोइरी टोलमा आयोजित सर्लाही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले देशमा भ्रष्टाचार जरा गाडेर बसेको र यसले राज्य प्रणालीलाई जर्जर बनाएको स्पष्ट पारे।

“कानुनको अगाडि सबै समान छन् भन्ने कुरा भाषणमा होइन, व्यवहारमै लागू हुनुपर्छ,”
उनले जोड दिँदै भने, दोषी जो भए पनि कारबाही हुनैपर्छ।

पूर्व गृहमन्त्री श्रेष्ठले आफू सरकारमा रहँदा
➡️ भुटानी शरणार्थी काण्ड
➡️ ललिता निवास प्रकरण
➡️ सुन तस्करी काण्ड
➡️ बाँसबारी जग्गा घोटाला
जस्ता ठूला भ्रष्टाचार काण्डमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको स्मरण गराए। साथै सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गर्नेहरूविरुद्ध कडा कदम चालिएको पनि बताए।

तर, सुशासनको अभियान तीव्र बन्दै जाँदा कांग्रेस र एमालेले साथ दिनुको सट्टा अवरोध सिर्जना गरेको आरोप लगाउँदै उनले त्यसकै परिणामस्वरूप सरकार ढालिएको र विकास तथा समृद्धिको गति रोकिएको दाबी गरे।

श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै
सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिन मतदातालाई आह्वानसमेत गरे।

राजनीतिक अपडेट

  • नारायणकाजी श्रेष्ठ सर्लाही निर्वाचन क्षेत्र नं. बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार

  • सर्लाही निर्वाचन क्षेत्र नं. बाट नेकपाका तर्फबाट डा. रजनीश यादव उम्मेदवार