अष्ट्रेलिया–स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी! दुई जना काठमाडौंमै पक्राउ

अष्ट्रेलिया–स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी! दुई जना काठमाडौंमै पक्राउ

काठमाडौं, २३ माघ
वैदेशिक रोजगारीको सुनौलो सपना देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुलेर सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बुधबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा
काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रे पाँचखल–३ का ३५ वर्षीय रूपेश लामिछाने
तारकेश्वर–६ बस्ने धादिङ खनियाबास–३ का ३५ वर्षीय हिरा तामाङ
रहेका छन्।

प्रहरीका अनुसार,
रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ
हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ
लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरीले
रूपेशलाई काठमाडौं महानगरपालिका–३२ बाट
हिरालाई ललितपुर महानगरपालिका–१२ बाट
पक्राउ गरेको जनाएको छ।

हाल दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सतर्क रहन प्रहरीको आग्रह !