बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी, महिला पक्राउ
- thantikhabar
- February 5, 2026
163
SHARES
काठमाडौं, २२ माघ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१६ बस्दै आएकी नुवाकोट तार्केश्वर गाउँपालिका–१ स्थायी घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार कुमारी तामाङले बेलायत पठाइदिने आश्वासन दिँदै २ जना पीडितबाट जम्मा ७ लाख ९० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकी तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल (काठमाडौं) पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्