समुन्नत नवलपरासी : मेरो जिम्मेवारी – विनोद चौधरी, प्रतिनिधिसभा सदस्य उम्मेदवार — नवलपरासी–१
नवालापुर, नेपालका एकमात्र अर्बपति तथा चौधरी ग्रुप (सीजी ग्रुप) का अध्यक्ष श्री विनोद चौधरी प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट उम्मेदवारका रूपमा सहभागी हुनुहुन्छ। निजी क्षेत्र, उद्योग तथा अन्तर्राष्ट्रिय व्यवसायमा दशकौँ लामो अनुभव बोकेका उहाँले उक्त ज्ञान र नेतृत्व क्षमतालाई राष्ट्रिय विकास तथा प्रभावकारी सार्वजनिक नीतिनिर्माणमा रूपान्तरण गर्ने उद्देश्यसहित निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुभएको छ।
आर्थिक रूपान्तरणलाई गति दिनु, लगानीमैत्री वातावरणको प्रवर्द्धन गर्नु, दिगो रोजगारी सिर्जना गर्नु, औद्योगिक क्षमताको विस्तार गर्नु तथा समावेशी र सन्तुलित विकास सुनिश्चित गर्नु उहाँका प्रमुख प्राथमिकताहरू रहेका छन्। सार्वजनिक–निजी सहकार्यलाई संस्थागत गर्दै दीर्घकालीन राष्ट्रिय हितमा आधारित विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने उहाँको दृष्टिकोणलाई व्यापक रूपमा महत्वका साथ हेरिएको छ।
समावेशी लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्ध रहँदै श्री चौधरीले जनताको सुझावमा आधारित संकल्पपत्र तयार गर्ने पहल अघि बढाउनुभएको छ। नीति निर्माण बन्द कोठामा सीमित नभई आम नागरिक, विज्ञ र सरोकारवाला पक्षसँगको प्रत्यक्ष संवादबाट हुनुपर्छ भन्ने विश्वासका साथ binodformp.com/suggestions
मार्फत विचार, सुझाव तथा विकासका योजनाहरू आमन्त्रण गरिएको छ।
नवलपरासीको समग्र समृद्धि र राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राखिएको यो पहललाई राजनीतिक, आर्थिक तथा नागरिक तहमा अर्थपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ।



प्रतिकृया दिनुहोस्