“’जय राष्ट्र, जय स्वाभिमान, जय नेपाल’: शोभाकान्त पाण्डेयले प्रस्तुत गरे स्पष्ट मार्गदर्शन”

“’जय राष्ट्र, जय स्वाभिमान, जय नेपाल’: शोभाकान्त पाण्डेयले प्रस्तुत गरे स्पष्ट मार्गदर्शन”

काठमाडौं – वातावरण, सभ्यता र सम्पदाको संरक्षणमा सक्रिय अभियन्ता तथा वाग्मती–बिष्णुमती सरसफाइ अभियानका संयोजक शोभाकान्त पाण्डेयले आफ्नो फेसबुक पोस्टमार्फत भदौ 23 र भदौ 24 सम्बन्धी आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

पाण्डेले लेखेका छन् कि उनी भदौ 23 को पक्षधर रहेर त्यसका लागि समर्थन र सहयोग पनि पुर्‍याए, साथै ब्लड डोनेसन अभियान पनि चलाए। तर उनले स्पष्ट पारे कि भदौ 24 को पक्षधर भने होइनन्।

पाण्डेका अनुसार, उनी भ्रष्टाचार, बेथिति, विसंगति र विध्वंसको सधैं विरोधी हुन्। उनले थपे, “परिवर्तनको नाममा पनि यदि कोही सामाजिक हित वा राष्ट्रिय हित विपरित काम गर्छ भने, म त्यसको समर्थन गर्दिनँ। चाहे एक्लै किन नहोस्, सधैं सत्यको पक्षमा रहन्छु।”

उनले आफ्नो पोस्टमा नागरिकहरुलाई पनि सचेत रहन आग्रह गर्दै भने, “समय अनुसार लोभ र मोहमा लाग्ने स्वार्थीको पछि लागिन्न। सत्यलाई समर्थन र सहयोग गरिन्छ, असत्यको सधैं विपक्षमा।”

पाण्डेको यो स्पष्ट अभिव्यक्ति सार्वजनिक बहसमा नयाँ ऊर्जा र नागरिक चेतना जगाउने खालको मानिएको छ।

उनले आफ्नो पोस्टलाई यसरी समाप्त गरेका छन्:
“जय राष्ट्र, जय स्वाभिमान, जय नेपाल !