निरन्तर पाहुनाको विश्वास जित्दै: पुरानो इतिहास र सम्पूर्ण सेवासहित गोर्खा बजारको पहिचान – होटल गोर्खा इन्
गोर्खा । गोर्खा बजारको केन्द्रमा अवस्थित होटल गोर्खा इन् (Hotel Gorkha Inn) गोर्खाको निकै पुरानो, विश्वासिलो र सबै सेवा समेटिएको होटलका रूपमा चिनिँदै आएको छ। दशकौँदेखि सञ्चालनमा रहेको यस होटलले आन्तरिक तथा अन्तर्राष्ट्रिय पाहुनालाई निरन्तर आतिथ्य सेवा दिँदै गोर्खा पर्यटनको अभिन्न हिस्सा बनेको छ।
बसपार्कबाट केही मिनेटको पैदल दूरीमै रहेको होटल गोर्खा इन् भीमसेन मन्दिर र गोर्खा संग्रहालयबाट १० मिनेटभित्र पुग्न सकिने सुविधाजनक स्थानमा अवस्थित छ। यही कारण धार्मिक, सांस्कृतिक तथा व्यावसायिक यात्रुहरूका लागि यो होटल पहिलो रोजाइ बन्दै गएको छ।
होटल गोर्खा इन्मा १५ वटा आरामदायी कोठा रहेका छन्। सबै कोठामा निःशुल्क वाइ–फाइ, स्वच्छ बाथरूम, निःशुल्क टॉयलेट्रिजको व्यवस्था गरिएको छ। होटलमा २४ घण्टा फ्रन्ट डेस्क, लगेज स्टोरेज, लन्ड्री सेवा तथा निःशुल्क पार्किङ सुविधा उपलब्ध छ।
होटलको छत र बगैँचाबाट देखिने शान्त वातावरण र सुन्दर दृश्यले पाहुनालाई आरामदायी अनुभूति दिलाउने गरेको छ।
रेस्टुरेन्ट र खानाको स्वाद
होटलभित्र रहेको रेस्टुरेन्टमा स्थानीय तथा कण्टिनेन्टल परिकारहरू उपलब्ध छन्। कण्टिनेन्टल ब्रेकफास्ट बिहान ७ बजेदेखि १० बजेसम्म सेवा गरिन्छ। होटलमा बसोबास गरेका अधिकांश पाहुनाहरूले खानाको स्वादप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन्। स्वाद, गुणस्तर र परिकारको विविधताले पाहुनाहरू खुसी देखिएको होटल व्यवस्थापनले जनाएको छ।
निधि तिमिल्सिना, होटल सञ्चालक, भन्छन्:
“होटल गोर्खा इन्ले धेरै दशकदेखि गोर्खामा आउने पाहुनाको विश्वास जित्दै आएको छ।
पुरानो पहिचान जोगाउँदै आधुनिक सुविधा र गुणस्तरीय सेवा दिनु हाम्रो मुख्य लक्ष्य हो।”
पर्यटनको केन्द्रमा होटल गोर्खा इन्
होटल गोर्खा इन्बाट भीमसेन मन्दिर (०.५ किमी), गोर्खा संग्रहालय (०.८ किमी), मनकामना मन्दिर (२३.३ किमी) र मनकामना केबलकार (२३.७ किमी) जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा सहज रूपमा पुग्न सकिन्छ। यसले गोर्खा भ्रमणलाई थप सहज र आकर्षक बनाएको छ।
पुरानो इतिहास, सम्पूर्ण सेवा र अतिथिको अटुट विश्वास—होटल गोर्खा इन् आज पनि गोर्खा बजारको केन्द्रमा उस्तै भरोसाका साथ आन्तरिक तथा अन्तर्राष्ट्रिय पाहुनालाई स्वागत गरिरहेको छ।



प्रतिकृया दिनुहोस्