लगातारको चिसोले बढायो चिन्ता, तीन पालिकामा विद्यालय बिदा
- thantikhabar
- January 6, 2026
201
SHARES
महेन्द्रनगर।
केही दिनयता अत्यधिक चिसो बढेसँगै कञ्चनपुरको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्य र पठनपाठनमा समस्या देखिन थालेपछि सोमबार जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
चिसोको मार बढेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन रोकिएको हो। स्थानीयका अनुसार चिसोले विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि लागू हुनेगरी तीन दिनका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ।
त्यसैगरी, अत्यधिक जाडोले विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बेलौरी नगरपालिकाले आगामी पुस २५ गतेसम्म जाडो बिदा दिएको नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए।
यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गर्दै सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका सबै पालिकामा जनजीवन प्रभावित बनेको छ भने बजार क्षेत्रको चहलपहलसमेत उल्लेख्य रूपमा घटेको छ।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्