‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ मा चार विजेता घोषित
काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ अन्तर्गत एकैपटक चार विजेता घोषित भएका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर विधातर्फ चार शीर्ष विजेता चयन गरिएको हो ।
प्रतियोगितामा जुनियर केटातर्फ रिवान बस्नेत र जुनियर केटीतर्फ आरुसी बुढाथोकी विजेता बने । त्यसैगरी सिनियर केटातर्फ इङ्गसोजंग थापा तथा सिनियर केटीतर्फ मानस्वी बस्नेत शीर्ष विजेता घोषित भए । शीर्ष विजेताले उपाधिसँगै विभिन्न अवसर तथा पुरस्कार प्राप्त गरेका छन् ।
बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनियर केटातर्फ शिवांशु अर्याल सेकेन्ड रनरअप र प्रान्शु बस्नेत फस्ट रनरअप चयन भए । जुनियर केटीतर्फ अलिमा थापा फस्ट रनरअप, शुभानी पाण्डे सेकेन्ड रनरअप, अनिता महर्जन थर्ड रनरअप तथा क्यारिन बाडेकर फोर्थ रनरअप घोषित भए ।
त्यस्तै, सिनियर केटातर्फ ब्रायन श्रेष्ठ फस्ट रनरअप र शिबाम्सु कटेल सेकेन्ड रनरअप बने । सिनियर केटीतर्फ सुशासिका घर्तीमगर फस्ट रनरअप, डिजा आभा तिम्सेना सेकेन्ड रनरअप, इभानी पुन मगर थर्ड रनरअप र रेनेश्मी स्थापित फोर्थ रनरअप घोषित भइन् ।
नेपालमा आयोजना हुँदै आएका सौन्दर्य प्रतियोगिताभन्दा फरक अवधारणामा अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज तथा साउन्ड सिस्टमसहित प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा होमनाथ आचार्य, सन्तोष दाहाल, बुनु राई, सुरैया शाक्य र कल्पना त्रिपाठी लगायत निर्णायक रहेका थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु ले गरेका थिए । प्रतियोगीहरूको ड्रेस डिजाइन श्रीषा बैदार ले गरेकी थिइन् ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिता बालबालिकाको आत्मविश्वास अभिवृद्धि तथा भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए । प्रतियोगिताको यो चौथो संस्करण हो ।



प्रतिकृया दिनुहोस्