नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी माग: २६२ पदमा आवेदन खुल्ला

नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी माग: २६२ पदमा आवेदन खुल्ला

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कुल २६२ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरिएको छ।
अधिकृतस्तर: सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना
सहायकस्तर: मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना
इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार योग्य र इच्छुक उम्मेदवारहरूले निर्धारित समयभित्र आवेदन दिन जरुरी छ।