एमाले महाधिवेशनमा खुला प्रतिस्पर्धा तात्यो, गणेशबहादुर बस्नेत ‘क्रम संख्या ३९’ लिएर मैदानमा
काठमाडौं — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फको चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। यसैबीच प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष क. गणेशबहादुर बस्नेत खुला केन्द्रीय सदस्य पदका लागि पक्का उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएको छ।
बस्नेतले प्रतिनिधिहरूसँग ‘एक भोट, काम गर्ने नेतृत्वका लागि’ भन्ने सन्देशसहित मत माग्न थाल्नुभएको छ। उहाँको चुनावी क्रम संख्या ३९ रहेको छ।
संगठन, संघर्ष र अनुभवको बलियो दाबी
लामो समयदेखि पार्टी, संगठन र सञ्चार क्षेत्रमै सक्रिय रहँदै आउनुभएका बस्नेतलाई जनाधार, संगठन निर्माण र स्पष्ट विचारधाराका कारण प्रतिनिधिहरूको बलियो समर्थन मिल्ने अपेक्षा गरिएको छ।
“तपाईंको एक मत पार्टीभित्रको अफवाह तोड्ने हतियार बनाऔँ” भन्ने नारासहित सार्वजनिक भएका चुनावी पोस्टरहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन्। विशेषगरी युवा प्रतिनिधिहरूबीच बस्नेतको उम्मेदवारीप्रति चासो बढ्दो देखिन्छ।
पोस्टरमा उल्लेख गरिएको “जनताको बहुदलीय जनवाद–जिन्दाबाद!” नाराले बस्नेतको वैचारिक स्पष्टता र पार्टीको मूल धारप्रतिको प्रतिबद्धता झल्काउँछ।
केन्द्रीय सदस्य (खुला)
क. गणेशबहादुर बस्नेत
क्रम संख्या: ३९



प्रतिकृया दिनुहोस्