आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ४ असोज    

कपिलवस्तु, विजयनगर गाउँपालिका-१ तिल्कहवा बस्ने तेज वीर केसीको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, देवाही गोनाही नगरपालिका-८ गोनाही बजार टोल बस्ने दुर्गा बैठाको गोठमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुर, र्यविनायक गरपालिका-४ दक्षिणबराहीस्थित काठमाडौं कोटेश्वर बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३३ वर्षीय नविन थापाले संचालन गरेको गार्मेन्ट पसलमा गएराति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा, जनकपुरधाम पमहानगरपालिका-१९ सुन्दरनगरस्थित सोही उपमहानगरपालिका-१ कलियाणी मार्ग बस्ने कैलाश जैनले संचालन गरेको एमजी स्टिल इन्डस्ट्रियल प्रालिमा वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।