मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, असार

राष्ट्रिय मानव अधिकार आयोग पुल्चोक ललितपुरको आयोजनामा मान अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा आइतबार सम्पन्न भएको छ ।

उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपाल प्रहरी शान्ति सुरक्षा अमन चयन कायम गर्न तथा अपराध अनुसन्धान गर्न पहिलो निकायको रूपमारहेको चर्चा गर्दै मानव अधिकारको संरक्षणवम् सम्वरद्धन गरप्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेकोबताउनुभयो । प्रहरी सेवा समयसापेक्षपीडितमैत्री हुनपर्नेमा समेत उहाँले जोड दिभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाक अध्यक्ष हरि दत्त जोशी, मधेशी आयोगका कार्यबाक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यबाक अध्यक्ष सु सिंह थारू, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य प्रसा शर्मा ढुंगेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दवाडी,मुस्लिम आयोगका सदस्य महोम्मद ल हक, आदिवासी जनजाती आयोका सदस्य रना राना, राष्ट्रिय दलित आयोगका सदस्य मेहल पार्की, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेलले आ-आफ्नो मन्तव्यव्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सीमित स्रोत र साधनका बाजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून स्ताबेजको पूर्ण पालना गर्दैशान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान र्न पहिलो पंक्तिमा रहेर होरात्र खटिँदै आइरहेको बताउनुभयो । मानव अधिकारको संरक्षण, सम्वर्द्धन सम्मान सहित अगाडि बढ्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्दै कार्यक्रमबाट प्राप्त सुझावलाई पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो

प्रहरी महानिरीक्षक थापाले आधारतालिम र विभिन्न अनुिक्षण तालिमको पाठ्यक्रममा समावेश गरी प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष मानव अधिकार सम्बन्धी प्रशिक्षण दिँदै आइरहेको बताउनुभयो साथै भिड व्यवस्थापनमा नेपाल सरकारसँग समनवय गरेर आधुनिक उपकरण तथा सामग्रीहरूको प्रयोग गर्नुका साथै हिरासत व्यवस्थामा समेत थप संवेदनशील भई कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले मानव अधिकार, महिला, दलित र संवेदनशीलवर्ग, समुदायको अिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरीले गरेका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रभावकारी समन्वय र सहकार्य, लैंगिक/घरेलु हिंसा र दाइजो प्रथा, छउपडी प्रथा, बाल विवाह, छुवाछुत(जातीय भेदभाव) अन्त्यका लागी सामूहिक पहल, अनुसन्धानका विषयमा पीडित, शंकित वा समुदाय लक्षित व्यक्तिगत सूचनाहरू सम्प्रेषित हुने गरेका, हिरासत कक्ष भित्रको आत्महत्या, जाहरी दर्खास्त दर्ता, अधिकारकर्मी र मिडियाकर्मी माथ आक्रमण लगायतकाविषयहरूमा छलफल भएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिवहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्टरिय मानव अधिकार आयोगका पदाधिकारीहरूको सहभागिता रहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।