लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ​

लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ​

सप्तरी, ५ असार

लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहनुमाननगर कंकालिनी गरपालिका-१३ बस्ने जय नारायण यादव भन्ने भोला यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरी राजविराजको फैसलाले उक्त मुद्दामा १० महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सप्तरी राजविराजमा पेश गरिएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।