आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- thantikhabar
- May 15, 2025
60.9K
SHARES
![]()
काठमाडौं, ३१ वैशाख
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर साउद र ललितपुर महालक्ष्मीनगरपालिका-१ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-८ घर भएका २१ वर्षीय ललित बोहरा रहेका छन् ।
पक्राउ मध्ये प्रेम बहादुरले आयरल्याण्ड पठाइदिन्छु भन्दै ३जना पीडितहरूबाट ४१ लाख ९० हजार रूपैयाँ र ललितले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र ललितलाई ललितपुर महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्