करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, चैत  

कैलाली, धनगढी उपमहानगरपालिका-१९ फुलबारी बस्ने २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, कन्काई नगरपालिका१ बस्ने ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाते भएका उनको उपचारको लागि बिर्तासिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)