अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं, १९ चैत

काठमाडौं महानगरपालिका-२९ मैतीदेवीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने सप्तरी राजविराज नगरपालिकाघर भएक ३० वर्षीया चन्नर कुमारी साहलाईसोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका- बाट अवैध लागूऔषध गाँजा करिब सय ३५ किलो सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका-७ डाडाबास बस्ने २७ वर्षीय कबिराज गोलेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्रदेश-०१-००६ ख ५३७१ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक कबिराजलाई पक्राउ गरेको हो ।

ञ्चनपुर, मदत्त नगरपालिका-११ सात नम्बरपिल्लरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोहनगरपालिका-८ बस्ने २४ वर्षीय तेज बहादुर वि२७ वर्षीयहरेन्द्र सिंह बडाल रहेका छन् । लाका प्रहरी कार्यालयगड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यायल महेन्द्रनगरबाट खटिएको प्रहरीले सु..प्र.०२ ००३ प ७१५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, मदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने २० वर्षीय आयुस पाल समेत जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको सु..प्र ०२००३ प ७४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुर, मदत्त नगरपालिका-११ सातनम्बर पिल्लरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्त२१ वर्षीय करन पन्त रहेका छन् । इलाका प्रहरी कार्यालयगड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यायलमहेन्द्रनगर नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूके ०६ बीडी ८३८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ नक्सालवाडी थाना दयाराम बस्ती घर भएका २० वर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका१ दुसंचार टोल बस्ने ३६ वर्षीय नगेन्द्र बस्नेतरहेका छन् । लाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाउक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४वर्षीय राज श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ००१९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१० रिजाल चोकबाट अवैध लागूऔषध गाँजा १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, भोमिन ६० ट्याबलेटनगद ५९हजार सय २० रूपैयाँ सहित सोही महानगरपालिका-१२ बस्ने ४१ वर्षीया सुरेश खड्कालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित खजुरा गाउँपालिका- बस्ने ५२ वर्षीयमैफुज साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह, लागूऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय नेपालगंज र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, बैजनाथ गाउँपालिका-४ खानेपानीस्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बरेन्द्रनगर नगरपालिका-२ बस्ने ३० वर्षीय जिवन बोगट र २१ वर्षीय बिरेन्द्र महतरारहेका छन् । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, कटारी नगरपालिका-४ सौय चुनढुङगासडकखण्डबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित सोही नगरपालिका-५ बस्ने २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आहालेबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०१००१ ह ११२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक प्रेम बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)