आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २ चैत  

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० तुम्डानी बस्ने कृष्ण भट्टको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा नगद, अन्नपात,लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, राप्ती सोनारी गाउँपालिका-४ माहुँ गाउँ बस्ने चुरामणी खत्रीको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

खोटाङ, दिक्तल रपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा छिप्ती बस्ने अर्जुनदेव राईको २ वटा भवनमा विद्युत सर्ट भई शुक्रबार राति आगलाग हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर, पौवादुङमा गाउँपालिका-५ सानोदुम्मा बस्ने होम प्रसाद राईको भान्साघरगोठमा शनिबार दिउँसो आगलागहुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएकोछ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)