सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २१ फागुन

पर्वत, विहादी गाउँपालिका-६ सुशिल ढुङगास्थित सडकमा गुल्मीबाट स्याङजातर्फ जाँदै गरेको लु.१ ज ४४६० नम्बरको बोलेरो जिप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार विहादी गाउँपालिका-३ रानीपानी बस्ने ६१ वर्षीय मिन प्रसाद न्यौपाने र गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट बस्ने ६४ वर्षीय डिल भट्टचनको घटनास्थलम मृत्यु भएको । साथै दुर्घटनामा घाइते भएकजिपमा सवार अन्य ७ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोछ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची, मालारानी गाउँपालिका-२ कुभिन्डेस्थित सडकमा बुटबलबाट अर्घाखाचीतर्फ आउदै गरेको लु.१ ज ४२२६ नम्बरको जिप बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)