पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

मकवानपुर, फागुन

हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमारभारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेस्थायी प्रहरी पोष्ट हरियालीबाटखटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तो तथा गोली सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)