वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १२ फागुन

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-घर भई ललितपुर, ललितपुर महानगरपालिका-२९ बस्ने ७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-घर भई काठमाडौं महानगरपालिका-१६ ढुङगेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन् । 

पक्राउ मध्ये ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै जना पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिसम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाकविभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)