आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ११ फागुन

ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित सिभिल होम कोलोन सोसाहिटमाहेको सुमन ध्वज जोशीको घरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेकोैन ।

सिराहा, मिर्चैया नगरपालिका-६ बस्ने राम बलि महराको स्क्रिन प्रिन्ट पसलमा आइतबार बिहान आगलागी हुँदा विभिन्न सरसामान जले करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

जाजरकोट, बारेकोट गाउँपालिका-७ खारी बस्ने यज्ञ बहादुर महतराको घरमा आइतबार बिहान आगलागी हुँदा अन्पात,भाँडार्तन, काठपात लगायतका सरसामा जलेर नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका यज्ञ बहादुरलाई उपचारको लागि स्वास्थ्चौकी सेफुखोला सक्ला पठाएकोछ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)