आजको राशिफल – २०८२ मंसिर १६, मंगलवार (२ डिसेम्बर २०२५)

आजको राशिफल – २०८२ मंसिर १६, मंगलवार (२ डिसेम्बर २०२५)

मार्ग शुक्लपक्ष द्वादशी – चन्द्रराशि: मेष
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना – ९८११८३६४५६


मेष (ARIES)

रमाइलो जमघट, नयाँ अवसर र आत्मविश्वास बढ्ने दिन। विशिष्ट व्यक्तिसँग भेटघाट र उपहार प्राप्ति योग।

वृष (TAURUS)

केही त्याग आवश्यक तर रोकिएको काम बन्नेछ। यात्रा र लगानीको मौका मिल्ने, खर्च भने बढ्नेछ।

मिथुन (GEMINI)

मिहिनेतको उत्कृष्ट परिणाम। थोरै लगानीबाट पनि राम्रो नाफा, नयाँ आम्दानी स्रोत फेला पर्नेछ।

कर्कट (CANCER)

आज सुरू गरेको काम भविष्यमा उपल्बधिमूलक बन्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने, उपयोगी सहयोग प्राप्त हुने।

सिंह (LEO)

समय तालमेल नहुँदा योजना ढिला होला। प्रयास जारी राख्नुपर्छ—दिर्घकालीन योजनाका लागि राम्रो समय।

कन्या (VIRGO)

स्वास्थ्य कमजोर, गोपनीयता ख्याल गर्नुपर्ने। रोकिएका काम प्रयास दोहो¥याउँदा अघि बढ्नेछन्।

तुला (LIBRA)

नियमित काम ठीक भए पनि परिवारमा मनमुटाव सम्भावना। खर्च बढ्ने, यात्रा आकस्मिक हुन सक्छ।

वृश्चिक (SCORPIO)

प्रतिस्पर्धामा सफलता, मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

धनु (SAGITTARIUS)

अवसर आए पनि धेरै मिहिनेत गर्नुपर्ने। अध्ययनमा प्रगति, उत्साह बढाउने शुभ समाचार आउनेछ।

मकर (CAPRICORN)

परिवारमै समय खर्चिनुपर्ने, केही मानिसबाट धोका हुनसक्छ। प्रयास दोहो¥याउँदा काम अघि बढ्ने।

कुम्भ (AQUARIUS)

उपहार, सहयोग र व्यापारमा लाभदायक समय। नयाँ काम सफल, नाम–दाम बढ्ने योग।

मीन (PISCES)

बोलीको प्रभाव बढ्ने, चिताएको काम सजिलै पूरा हुन्छ। व्यापार र आम्दानी बढ्ने र सुखद समाचार प्राप्त हुनेछ।