आजको राशिफल – २०८२ मंसिर १२ गते (२८ नोभेम्बर २०२५) शुक्रवार

आजको राशिफल – २०८२ मंसिर १२ गते (२८ नोभेम्बर २०२५) शुक्रवार


शुक्रवार, मार्ग शुक्लपक्ष अष्टमी तिथि, शतभिषा नक्षत्र, चन्द्रराशि कुम्भ || विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना – ९८११८३६४५६

मेष (ARIES)
तपाईंको कठिन परिश्रमले आजको दिन सफलता ल्याउनेछ। समय लागे पनि, सबै प्रयासको उचित मूल्यांकन हुनेछ र व्यापार तथा साझेदारीमा फाइदा हुनेछ।

वृष (TAURUS)
आजको दिन तपाईंको कामले नाम र दाम दिलाउनेछ। मिहिनेतले लक्ष्य पुर्याउनेछ र पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यावसायिक क्षेत्रमा पनि फाइदा हुने संभावना छ।

मिथुन (GEMINI)
भाग्य र प्रयासको संयोजनले तपाईंलाई सफलता दिलाउनेछ। चुनौतीहरू सजिलै पार गर्न सक्नुहुनेछ र सामाजिक र धार्मिक कार्यमा प्रतिष्ठा प्राप्त हुनेछ।

कर्कट (CANCER)
स्वास्थ्य समस्याका कारण आजको कामलाई समयमै पूरा गर्न सक्नु नहुन सक्छ। गोपनीयता सँगै सावधानी अपनाउनुहोस्। केही समय प्रतीक्षा गर्नुपर्ला।

सिंह (LEO)
आजको दिन रमाइलो र मनोरञ्जनको हुनेछ। साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ र भौतिक साधन जुट्नाले जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ।

कन्या (VIRGO)
स्वास्थ्य समस्याका कारण केही अवरोधहरू आउन सक्छ। यद्यपि, तपाईंले अवसरहरूको पहिचान गरेर आंशिक फाइदा प्राप्त गर्न सक्नुहुनेछ। शत्रु र प्रतिस्पर्धीको सामना गर्न सजग रहनुहोस्।

तुला (LIBRA)
तपाईंको मेहनत र लगनशीलताले राम्रो परिणाम ल्याउनेछ। गुरुजनको सहयोग र अध्ययनमा सफलता प्राप्त हुनेछ। यात्रा गर्ने अवसर पनि मिल्नेछ।

वृश्चिक (SCORPIO)
आजका दिन केही काममा अवरोध आउन सक्छ। सोच-समझ गरेर अघि बढ्नुहोस् र हतार नगर्नुहोस्। व्यवसायमा आंशिक फाइदा भए पनि, राम्रो विचार गरेर काम गर्नुहोस्।

धनु (SAGITTARIUS)
तपाईंको आँट र प्रयासले राम्रो प्रतिफल ल्याउनेछ। व्यापारमा फाइदा हुनेछ र मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिन्छ।

मकर (CAPRICORN)
अध्ययन र लेखनमा प्रगति हुनेछ र नयाँ काम थाल्ने उपयुक्त समय छ। बौद्धिक प्रयासबाट फाइदा मिल्नेछ।

कुम्भ (AQUARIUS)
आज रमाइलो समय हुनेछ र नयाँ प्रस्तावका अवसर आउनेछन्। पुराना कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुहुनेछ।

मीन (PISCES)
आज खर्चको जोहो गर्न कठिनाइ हुन सक्छ। आर्थिक प्रलोभनबाट बच्नुहोस् र कड़ी मेहनत गर्नु पर्नेछ। केही दौडधुप गर्नुपर्नेछ।