आजको राशिफल (२०८२ मंसिर ६ – शनिबार)

आजको राशिफल (२०८२ मंसिर ६ – शनिबार)

विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना
+९७७ ९८१-१८३६४५६


मेष (ARIES)

सानातिना झोँट–झामेलाले अल्झाउने। स्वास्थ्य कमजोर। साँझतिर अवसरवादीबाट सावधान। तर समुदायका लागि राम्रो काम गर्ने मौका।

वृष (TAURUS)

प्रियजन भेट; यात्रा सुखद। व्यापारमा आम्दानी। साँझतिर काम बिग्रने संकेत, स्वास्थ्यमा ध्यान।

मिथुन (GEMINI)

आत्मबल उच्च। काममा सफलता र आय वृद्धि। साँझतिर व्यापार–लाभ, उपहार पाउने योग।

कर्कट (CANCER)

काममा अलमल। स्वास्थ्य कमजोर। साँझतिर दिगो काम सुरु हुने, प्रतिपक्षी पनि सहयोगी बन्ने।

सिंह (LEO)

हतारको निर्णयले समस्या। परिवारमा तनाव। साँझतिर स्वास्थ्य कमजोर। गुरुजनको मार्गदर्शन उपयोगी।

कन्या (VIRGO)

काम–व्यवसायमा फाइदा। धेरै अवसर। साँझतिर घरायसी समस्या। व्यवहारमा सन्तुलन राख्नुहोस्।

तुला (LIBRA)

अरूको चासोले आफैँ समस्या। अध्ययन/व्यवसाय ढिलो। साँझदेखि सुधार—उद्योग/व्यापारमा फाइदा।

वृश्चिक (SCORPIO)

सोख र हतारले समस्या। घर–परिवार तनाव। साँझ विवादास्पद काम। किनमेलमा खर्च।

धनु (SAGITTARIUS)

खर्च बढ्ने तर परिश्रम सफल। साँझ परिवारमा खुशियाली। नयाँ योजना शुभ। मनपर्ने उपहार।

मकर (CAPRICORN)

धन हातलागी तर बचत हुँदैन। साँझतिर अभाव महसुस। ऋण/सरसापटको सम्भावना। आँटेको काम रोकिन सक्छ।

कुम्भ (AQUARIUS)

रोकिएको काम बन्ने। लक्ष्यमा प्रगति। नयाँ आम्दानी स्रोत खुल्ने। कृषि/पशुपालन/व्यापार फाइदामै।

मीन (PISCES)

दिनभर संघर्ष। स्वास्थ्य कमजोर। अर्थ–उपार्जन सुस्त। साँझतिर सुधार—लोकप्रियता र पेशागत लाभ।