आजको राशिफल – २०८२ कार्तिक २९ (१५ नोभेम्बर २०२५), शनिवार
एकादशी • उत्तरफाल्गुनी • चन्द्रराशि: सिंह → ७:२९ पछि कन्या
♈ मेष (ARIES)
स्वास्थ्यमा ध्यान दिनुहोस्। अरूमा धेरै भर परे दुख मिल्न सक्छ। बुद्धिले जितिन्छ, ईर्ष्या गर्नेबाट सावधान!
♉ वृष (TAURUS)
छिटो फल खोज्दा समस्या। खर्चिलाे काम सोचेर मात्र गर्नुहोस्। पढाइ–बौद्धिकतामा प्रगति।
♊ मिथुन (GEMINI)
गोपनीयता जोगाउनुहोस्। साझेदारीमा तनाव। नयाँ काम सुरू गर्न हतार नगर्नुहोस्।
♋ कर्कट (CANCER)
चिताएको काम रोकिएको अनुभूति। सेवामूलक कामबाट फाइदा। नयाँ काम अघि अध्ययन जरूरी।
♌ सिंह (LEO)
असंयमले समस्या ल्याउन सक्छ। पैसाको बेमौसमी खर्च। योजनामा ढिलाइ–तर सफलता पक्कै।
♍ कन्या (VIRGO)
नयाँ मौका, नयाँ साथ! धनलाभ र रमाइलो जमघट। स्वास्थ्यमा हल्का सावधानी।
♎ तुला (LIBRA)
कडा परिश्रम, कम प्रतिफल। उठ्नुपर्ने रकम अड्किन सक्छ। भविष्यका लागि लगानी उत्तम।
♏ वृश्चिक (SCORPIO)
नतिजा शानदार! आम्दानी बढ्नेछ। कृषी–व्यापारबाट राम्रो फाइदा। नयाँ काम शुभ।
♐ धनु (SAGITTARIUS)
पुराना कामको चर्चा तर आफ्नै काम रोकिने सम्भावना। अवसरवादीबाट बच्नुस्।
♑ मकर (CAPRICORN)
शरीर कमजोर, तर परिश्रमले काम बनाउनेछ। सामुदायिक जिम्मेवारी बढ्ने। पुनः प्रयास सफल।
♒ कुम्भ (AQUARIUS)
नतिजा ढिलो। काम दोहोर्याउनुपर्ने। स्वास्थ्यमा ध्यान। सहयोगीहरू उपलब्ध।
♓ मीन (PISCES)
काम बन्नेछ, उपहार मिल्न सक्छ। प्रेम, मित्रता र अध्ययन रमाइलो। व्यापारमा आम्दानी वृद्धि।



प्रतिकृया दिनुहोस्