रघुजी पन्त शिक्षा मन्त्री नियुक्त

रघुजी पन्त शिक्षा मन्त्री नियुक्त

नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्री नियुक्त गर्नु भएको हो ।

विद्या भट्टराईले सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

साथै प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गर्नु भएको छ ।

  पृष्ठभूमि :

रघुजी पन्तको पृष्ठभूमि पत्रकारितासँग जोडिएको छ ।उहाँले २०३२ सालदेखि पत्रकारिता सुरू गर्नुभएको हो ।

उहाँले बुधबार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार  महासंघमा समेत काम गर्नुभएको लामो ईतिहास छ । २०५१ सालमा उहाँ प्रधानमन्त्री मनमोहन अधिकारीका प्रेस सल्लाहकार  हुनुभएको थियो ।

Nchl
Ncell

त्यसपछि  उहाँ राजनीतिमा जोडिनुभयो । २०५४ सालको नेपालगञ्ज महाधिवेशनबाट उहाँ एमाले केन्द्रीय सदस्य बन्नु भएको थियो ।

२०५६ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट पन्त प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको उहाँ एमालेमा केन्द्रीय संस्कृति, जल तथा ऊर्जा विभाग प्रमुख भएर पनि काम गर्नुभएको थियो।

एमालेको सातौं महाधिवेशन २०५९ सालमा पनि उहाँ केन्द्रीय सदस्य बन्नुभयो । २०६१ सालमा श्रम तथा यातायात मन्त्री बन्नुभएका उहाँ  २०६३ को पुनर्स्थापित संसदमा सदस्य हुनुहुन्थियो ।

उहाँ पार्टीको कानुन, सामाजिक सेवा, प्रचार विभाग हुँदै हाल संस्कृति विभाग प्रमुख हुनुहुन्छ । २०७९ मंसिरको चुनावबाट उहाँ समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।