रौतहटमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु — प्रहरी अनुसन्धान जारी

रौतहटमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु — प्रहरी अनुसन्धान जारी

रौतहट, ७ मंसिर —
गौर–५ मा डेरा गरी बस्ने, मूल घर मौलापुर–४ पतौरा टोलका ५ वर्षीय रितिक कुमार साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ।

गौर–८ मा निर्माणाधीन घरको छतमा खेल्ने क्रममा बालक नजिकै रहेको विद्युत् पोलको तारमा छुने प्रयास गर्दा उनी गम्भीर घाइते भएका थिए। तुरुन्तै प्रादेशिक अस्पताल गौरमा पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरू गरेको छ।