चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

रौतहट, १९ असोज

कटहरीया नगरपालिका-२ अतियाही टोल बस्ने मेरलाल लहेरीको छोरा १७ वर्षीय सरोज लहेरी र रामध्यान राय यादवको छोरा १६ वर्षीय नबिन यादवको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ ।

यसैगरी रौतहट, ईशनाथ नगरपालिका-८ मनसरी टोल बस्ने ४५ वर्षीय शेख जमरको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।