रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति जना पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति जना पक्राउ

काठमाडौं, ९ वैशाख

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमाललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २७ वर्षीय उमेश भोलोनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको  जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।