प्रधानमन्त्रीबाट पाणिनि तपोभूूमि सम्मेलन उद्घाटन
- thantikhabar
- April 9, 2025
151.2K
SHARES
अर्घाखाँची, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गर्नुभएको छ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो ।
विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेताद्वय डा चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ ।
अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका) मा सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गर्नुभएको थियो । पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ ।
✍🏻✍🏻📸📸 प्रधानमन्त्री सचिवालय
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ

प्रतिकृया दिनुहोस्