सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं चैत

डोटी, दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित डकमा दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ च ४११८ नम्बरको बोलेरोबाट खसेर बोलेरोमा सवार सोही नगरपालिका-२ कुचेडा बस्ने ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको सोमबार साँझ मृत्यु भएको छ । बोलेरोबाट खसेर गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, धनगढीमागरपालिका-स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जादै गरेको को. च ८६१२ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेकी ४०वर्षीया वविता यादवको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको आरके मेडिसिटि अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको

कैलाली, बर्दगोरिया गाउँपालिका२ दोघरास्थित सडकमा से.४ प ३५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक लम्कचुहा नगरपालिका-१० बस्ने २४ वर्षीय अनिष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाइते भएका उनको बर्दगोरिया अस्पताल प्रालि बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचभइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)