अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं, चैत

काठमाडौं महानगरपालिका२२ महाकाल मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट सहित सोही महानगरपालिका२० बस्ने २४ वर्षीय अनिश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीखोलाबाट नियन्त्रित लागूऔषध ब्रुर्फिन २८ म्पुल, डाईजपाम २८ म्पुल र फेनगन २६ म्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१९ लामापटन बस्ने ३३ वर्षीय सुबास वि२६ वर्षीय राजन गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले स्याङजाबाट कास्कीतर्फ आउँदै गरेको ग.२६ प १३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागऔषध सहित पक्राउ गरेको हो ।

झापा, मेचनगर नगरपालिका-६ मेचडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ८० मिलिग्राम सहित दमक नगरपालिका-८ बस्ने ३४ वर्षीय अंकित कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट सिटी सफारी नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नँया बसपार्कबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ बस्ने १९ वर्षीया वर्षा केदेमलाई आइतबार बिहानप्रहरीले पक्राउ गरेको छ । स्थायी प्रहरी पोष्ट नयाबसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सुरेश राना सोही उपमहानगरपालिका१५ उर्मी बस्ने २६ वर्षीय बलबुध राना रहेका छन् । प्रहरी चौकी कनरीबाटखटिएको प्रहरीले सु.प.प्र ०१०१० प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका१ लम्कबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट १ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका बस्ने ३७ वर्षीय पुर्ण दिप शर्मा उपाध्याय३२वर्षीय नारायण कार्की रहेका छन् । लाका प्रहरी कार्यालयलम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम २ सय ६० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका१ हिमालपुर बस्ने २३ वर्षीय पारस थारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीयचंचल कुमार राना समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश चोक बस्ने १८ वर्षीया किशोरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १७ ट्याब्लेट र स्पास्पेन १ सय १७ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ३५वर्षीय युवराज कटुवाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका-१० फुलबारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय सुजन गुरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । डा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउदै गरेको प्र.३-०१००५ ख ९९०४ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ बैरिया बस्ने २५ वर्षीयप्रकाश थार२४ वर्षीय रिजन पुन रहेका छन् । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले पडसरवाबाट बर्गदहवातर्फ जाँदै गरेको लु.९ प २७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय खड्क बहादुर घर्तीमगरलाईसोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)