आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १६ चैत

ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने हरि लामाको घरमा शनिबार बिहान आगलागी हुँदा भाँडावर्तन, फर्निचर, लत्ताकपडा लगायतका सामान जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोट, र्यगढी गाउँपालिका-१ लच्याङस्थित बाख्रा फर्ममागए राति आगलागी हुँदा फर्म पर्णरपमा जलेर नष्ट भएको छ ।

सप्तरी, तिलाठी कोईलाड गाउँपालिका-४ नवटोलिया बस्ने बिरेन्द्र मुखियाको घरमा गए राति आगलागी हुँदा करिब लाख ४२हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बागलुङ, बरेङ गाउँपालिका-५ सुखौरा बस्ने विष्णु सेरपुजाको गोठमा गए राति आगलागी हुदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।

पाँचथर, फाल्गुनन्द गाउँपालिका-१ सामधने बस्ने सन्त बहादुर खजुमको घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद, सुन,चाँदी, अन्नपात, लत्ताकपडा,भाडावर्तन लगायतका सरसामान जलेर करिब ११ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दिया, राजापुर नगरपालिका-७ गौरी बस्ने हिरा लाल थारूलगायत ४ जनाको ४ वटा गोठ र २ वटा घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर, गोठ भाडार्तन, लत्ताकपडा,अन्नपात लगायतका सरसामा जलेर करिब लाख १६ हजार सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)