सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, चैत  

म्याग्दी, धौलागिरी गाउँपालिका-२ पाखापानीस्थित सडकमा गुर्जादेखि लुलाङतर्फ आउदै गरेको ग.१ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै गम्भीर घाइते भएका १८ वर्षीय डोबिन विकोलुलाङस्थित स्वाथ्य चौकीको उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ४ जना मध्ये ३ जनालाई थप उपचारको लागि वेनी अस्पताल म्याग्दी पठाइएको छ भने १ जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, कंचनरप नगरपालिका-१० बदगामास्थित सडकमा प्रदेश.१-०२-००३ ह ८६९२ नम्बरको सिट सफारी र प्र.३-०१-००२ प ८२८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका पूरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइे भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी सफारी चालक समेत ४ जना र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा, रगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा ड्राईपोर्टबाट परवानपुरतर्फ जाँदै गरेको प्रदेश २-०३००९ प १६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका-६ चैनपुर बस्ने ६० वर्षीया विराजी देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)