जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं, ७ चैत

टोखा नगरपालिका३ सर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीयाकुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुक तास हित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)