आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, २७ फागुन
काठमाडौं महानगरपालिका–१६ नयाँबजार धारा गल्ली बस्ने नानिमाया मानन्धरको घरको दोस्रो तलामा रहेको स्टोर रूममा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा कोठा भित्र रहेको कृषि सामाग्री लगायतका सामान जलेर करिब १लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-७ बस्ने राम एकवाल सहनीको कुखुरा फर्ममा सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख ६६ हजार ८ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-३ लखना घर भई सोही नगरपालिका-३ लखना चोकस्थित निशान मोबाइल सेन्टर संचालन गरी बस्ने २३ वर्षीय निशान चन्द्रको मोबाइल पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा मोबाइल, ल्यापटप, इनभर्टर लगायतका इलेक्ट्रोनिक सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका ५० वर्षीय गोकर्ण राज आचार्यको जनसेवा रेष्टुरेण्टमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्