मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २६ फागुन

मोरङ, बेलबारीगरपालिका-१ स्थित बेलबारी नगरपालिकाको भवन छेउमा सुनवर्षी नगरपालिका-४ बस्ने ३८र्षीय लाल बहादुर सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, ईस्मा गाउँपालिका-६ बुल्मस्थित सडकमा सोही ठाउँबस्ने ४३ वर्षीय नारायण कुमाल सोमबार मृत अवस्थामा फेलापरेका छन् ।

रोल्पा, लुङग्री गाउँपालिका-५ पुरानो बुझीङस्थित सुनथोक सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६१ वर्षीय पुर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, खैरहनी नगरपालिका-१० बडगाउँस्थित सडक छेउमा रहेको कुलोमा सोही ठाउँ बस्ने ५९ वर्षीय सुख बहादुर घिमिरे सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)