अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, २६ फागुन

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब सय ग्रामसहित सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरीलाईसोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००६ ख ४८१७ नम्बरको बसमा सवार उनलाई उक्त दार्थ सहित पक्राउ गरेको हो ।

चितवन, रत्ननगरगरपालिका-४ भोकाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २२ ग्राम र नगद ९ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ र्षीय महेश महत्तोलाईसोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)