जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बैतडी, २६ फागुन

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिनाथ गाउँपालिका-१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको साउले ती बालिकालाई लाई फकाई सोही गाउँपालिका-१ सालको ईजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी बैतडी, १६ वर्षीया बालिकालाई जबरजस्ती करणीगरेको अभियोगमा मेलौली नगलिकाबस्ने २५ वर्षीयमनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नायकले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणीगरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका१ गडालेकबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)